थप समाचारशुक्रबार, आषाढ ३, २०७३

ट्रक ठोक्किदा एकको मृत्यु, ६ घाइते

हिमालखबर

पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको नयाँबेलहानीमा रोकेर राखिएको ट्रकमा अर्को ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक हरी हादुर सेनका अनुसार पश्चिमतर्फ गुडिरहेको ना ३ ख ४४०३ नम्बरको ट्रक रोकिराखेको ना ६ ख २१९१ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनामा भारत बहराईचका ३५ बर्षीय कुर्दुस कोरेसीको च्यापिएर मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
दुवै ट्रकका चालक प्रहरीको नियन्त्रणमा राखिएका छन् ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...