समाचारशुक्रबार, आषाढ ३, २०७३

सरकार सस्तो लोकप्रियतामा लाग्यो: सभापति देउवा

हिमालखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार सस्तो लोकप्रियता प्राप्ति हासिल गर्न क्रियाशील देखिएको टिप्पणी गरेका छन् ।

आज बिहान नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भूकप्प प्रभावितको पुनःस्थापना, मधेश आन्दोलन र जनताको जनजीविकाको सवाललाई सरकारले सम्बोधन नगरेको आरोप लगाए ।

नेपाली कांग्रेस जुम्लाका सभापति स्वर्गीय मानव सेजुवालको शालिक अनावरण गर्न त्यसतर्फ जानेक्रममा  देउवा  नेपालगञ्ज आइपुगेका हुन् ।

कांग्रेसको प्राथमिकता संविधानको कार्यान्वयन
देउवा आज नेपालगञ्जमै प्रेस युनियन बाँकेले  आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहभागी भएका छन् । उनले आफ्नो दल वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

“कांग्रेसको पहिलो प्राथमिकता संविधानको सफल कार्यान्वयन भएकाले सरकारमा जान हामीलाई हतार छैन । हामी प्रतिपक्षमै रहेर संविधान कार्यान्वयनका लागि सक्रिय छौं” उनले भने ।

सरकारले भनेजस्तो स्थानीय निकायको संरचनासम्बन्धी आयोगको म्याद नै आगामी फागुनसम्म रहेकाले मंसीरमा स्थानीय निकायको निर्वाचन गर्न सम्भव नरहेको उनले जिकिर गरे ।

आफ्नो दल निर्वाचनमा जान आतुर भए पनि स्थानीय निकायको संरचना नभई तीन महिनाका लागि मात्रै निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । “कि सरकारले निर्वाचनसम्बन्धी आयोग खारेज गर्नु पर्‍यो कि निर्वाचनको मिति सार्नु पर्‍यो, अनि मात्र चुनावको औचित्य पुष्टि हुन्छ,” उनले भने ।

उनले संविधानको सफल कार्यान्वयन स्थानीय निकाय, प्रदेश र राष्ट्रिय निर्वाचनबाट मात्रै हुने भन्दै आफ्नो दल निर्वाचनको विरोधमा हुनै नसक्ने बताए ।

सभापति देउवाले मधेशी मोर्चा र आन्दोलनमा रहेका अन्य घटकसँग सरकारले औचित्यपूर्ण वार्ता गर्नुपर्ने सुझाव दिँदै त्यसमा आफ्नो दलको समन्वयकारी भूमिका रहने बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>