थप समाचारशुक्रबार, आषाढ ३, २०७३

चुरे दिवसमा चित्तल हस्तान्तरण

हिमालखबर

राष्ट्रपति चुरे मधेश संरक्षण दिवसको अवसर पारेर मोरङको बेतना सिमसारमा रहेको चिडियाखानालाई दुईवटा चित्तल एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

सामुदायिक वन पथरी शनिश्चरेले संरक्षण गर्दै आएको दुई थान माउ चित्तललाई पूर्व क्षेत्रीय वन कार्यालय विराटनगरका क्षेत्रीय वन निर्देशक मनबहादुर खड्काले आज हस्तान्तरण गरेका हुन् ।

मोरङको बेलबारीमा रहेको बेतना सिमसार पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दै गएको छ । सिमसारमा कछुवा, वन बिरालो, अजिङ्गर, निलगाईलगायतका विभिन्न वन्यजन्तु संरक्षण गर्न थालिएको छ ।

कार्यक्रममा क्षेत्रीय वन निर्देशक खड्काले चुरे र चुरे क्षेत्र वरपरका क्षेत्रको संरक्षणमा स्थानीय जनसहभागिता महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...