समाचारशुक्रबार, आषाढ ३, २०७३

वीरगञ्जबाट नौ जना डाक्टर पक्राउ

हिमालखबर

quakeप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को टोलीले वीरगञ्जबाट ९ जना डाक्टरलाई पक्राउ गरेको छ ।

मेडिकल शिक्षा (एमबीबीएस) पढ्दा आइएससीको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा सिबिआईले ९ जना चिकित्सकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नाराणी अस्पतालमा कार्यरत सरोज सिंह, कुशराज गिरी, पन्नालाल पटेल र अरुणकुमार गुप्ता छन् । त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत मो. रहुल्ला खान, निमिषरमण पाल र इर्साद उलहक छन् भने वीरगञ्जमा क्लिनिक सञ्चालन गरिरहेका दिनेश साह पनि पक्राउ परेका छन् । पक्राउ परेका अन्य एक जनाको नाम खुलेको छैन ।

पक्राउ परेका सबैलाई  केहीबेर जिल्ला प्रहरी कार्यालयमा राखी काठमाडौंतर्फ लगिएको छ  ।

पक्राउको विरोध
९ जना डाक्टर पक्राउ परेपछि नेशनल मेडिकल कलेज र नारायणी अस्पतालका डाक्टर र कर्मचारीहरुले विरोध गरेका छन् ।

उनीहरुले अस्पतालमा काम गरिरहेका चिकित्सकलाई अप्रेशन थियटर, आकस्मिक कक्षबाट पक्राउ गरेर अस्पतालको संवेदनशीलतालाई प्रहरीले बेवास्ता गरेको आरोप लगाएका छन् ।

करिब २० जनाको संख्यामा जिल्ला प्रहरी कार्यालयमा भेला भएका डाक्टर र कर्मचारीहरुले नाराबाजी समेत गरेका छन् ।

डाक्टर पक्राउको विरोधमा अहिले वीरगञ्जका अधिकांश क्लिनिकहरु समेत बन्द गरिएका छन् भने नारायणी अस्पतालमा पनि इमर्जेन्सी बाहेकको सेवा अघोषित रुपमा बन्द छ ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>