थप समाचारशुक्रबार, आषाढ ३, २०७३

लमजुङमा स्थानीय परिकारको मेला

हिमालखबर

l5लमजुङ सदरमुकाम बेसीशहरमा आज ३ असारदेखि परम्परागत खाद्द मला शुरु भएको छ । दुई दिनसम्म चल्ने मेलामा स्थानीय अर्गानिक उत्पादनका विभिन्न परिकारका स्टलहरु राखिएका छन् ।

l3पश्चिमाञ्चल क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना तथा लमजुङ उद्योग वाणिज्य संघको सहआयोजनामा भएको मेलामा पश्चिमाञ्चलका विभिन्न जिल्लामा उत्पादन हुने स्थानीय उत्पादनका स्टल राखिएका छन् ।

l2परम्परागत स्थानीय पोषिला खाद्य पदार्थको प्रवर्द्धन, पौष्टिक आहारका लागी खानेबानीमा परिवर्तन भन्ने नाराका साथ आयोजित खाद्य मेलाले स्थानीय खाद्यान्नको प्रवद्र्धन तथा विविधिकरणमा टेवा पुर्‍याउने बरिष्ठ खाद्द नियन्त्रक किशोर खत्रीले बताए ।

l6पछिल्लो समय जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत स्थानीय उत्पादन खान खोज्ने भएकाले स्थानीय उत्पादनको प्रवद्र्धन आवश्यक रहेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

महोत्सवमा कोदो, उवा, मह, गहुँ, चामलका परिकार साथै स्थानीय माछा लगायतका परिकार राखिएको छ ।

l7मेलाको उद्घाटन गर्दै कृषिमन्त्री हरिबोल गजुरेलले परम्परागत रुपमा प्रयोग गरिँदै आएको बिउ जोगाउन र स्थानीय उत्पादनको महत्व बुझाउन मेलाले टेवा पुर्‍याउने बताए ।
शब्द/तस्वीर: युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>