समाचारशुक्रबार, आषाढ ३, २०७३

अति प्रभावित चौध जिल्लामा ८२ सामूहिक आवास निर्माण गरि‌ंदै

हिमालखबर

भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वर्षाअगावै छानामुनि ल्याउन सरकारले ८२ सामूहिक आवास निर्माण शुरु गरेको छ ।

शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ४६ र नेपाली सेनाले ३६ आवास निर्माण गरिरहेको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिए । थप चार सामूहिक आवास निर्माणका लागि बोलपत्र प्रक्रिया जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

धादिङमा मन्त्रालय र सेनाले पाँच पाँच नुवाकोटमा मन्त्रालयले तीन र सेनाले चार, रसुवामा मन्त्रालयले चार र सेनाले दुई , सिन्धुपाल्चोकमा मन्त्रालय र सेना दुवैले चार चार , काभ्रेपलाञ्चोकमा मन्त्रालयले ११ र सेनाले दुई , दोलखामा मन्त्रालयले चार र सेनाले एक, रामेछापमा मन्त्रालय र सेना दुवैले तीन तीन, सिन्धुलीमा मन्त्रालयले दुई र सेनाले तीन, मकवानपुरमा मन्त्रालय र सेना दुवैले पाँच पाँच, ओखलढुङ्गामा मन्त्रालयले पाँच र सेनाले दुई , गोरखामा सेनाले पाँचसामूहिक आवास निर्माण गर्ने कार्यक्रम शुरु भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय र माग अनुसार सामूहिक आवास निर्माण अघि बढेको हो । सामूहिक आवास भवनलाई पछि आवश्यकतानुसार सामुदायिक काममा पनि प्रयोग गरिने सहप्रवक्ता भुसालले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>