समाचारशुक्रबार, आषाढ ३, २०७३

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

हिमालखबर

नारायणगढ–मुग्लिन सडकखण्डमा आज साँझ पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

चन्डिभञ्ज्याङ गाविस वडा नं ५ स्थित चार किलो भन्ने ठाउँमा सडकमाथिबाट पहिरो झरेपछि साँझ ७ बजेदेखि सडक अवरुद्ध बनेको हो । पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर र लोडर प्रयोग गरिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए ।

दुईतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो खस्नेक्रम रोकिइ नसकेकाले कति समय लाग्छ भन्न नसकिने उनले बताए । पहिरो खस्न रोकियो भने चार घन्टामा सडक खुलाइनेछ । सडक विस्तार कार्य भइरहेकाले सामान्य वर्षासँगै पहिरो खस्ने हुँदा सवारी साधन र यात्रुले कष्ट व्यहोर्दै आएका छन् । सडक बन्द भएसँगै साँझ गन्तव्यतर्फ लागेका सवारीबीच सडकमा रोकिएका छन् ।

खनालका अनुसार यस वर्ष खसेको यो सबैभन्दा ठूलो पहिरो हो । यसअघि गत महिना कालिखोलामा योभन्दा केही सानो पहिरो खसेको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>