थप समाचारशनिबार, आषाढ ४, २०७३

प्रतिकारमा उत्रने चन्द माओवादीको चेतावनी

हिमालखबर

DSC00180नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले राज्यको दमनविरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

४ असारमा माओवादी बाँकेले कोहलपुरमा पत्रकार सम्मेलन गर्दै राज्यले आफ्ना कार्यकर्तामाथि गरेको दमन नरोके कडा प्रतिकारमा उत्रने चेतावनी दिएको हो ।
आफ्ना नेता, कार्यकर्ताहरुलाई द्वन्द्वकालीन शैलीमा गिरफ्तार गर्दै झुठा मुद्दा लगाएको भन्दै घोर भत्र्सना समेत गरिएको छ । “राज्यले आतंक सिर्जना गर्दै जाने हो भने हामी पनि प्रतिकारमा उत्रन बाध्य हुनेछौं”, बाँकेका सेक्रेटेरी संगमले भने ।

पार्टीले जनकारबाही नरोक्ने भन्दै उनले भने, “राज्यले जस्तो किसिमको हस्तक्षेप गर्छ त्यस्तै किसिमको प्रतिकार गर्छौ ।” साथै, राज्यले आतंक सिर्जना गर्दै गए सशस्त्र युद्ध निम्तिने निश्चित भएको उनले बताए ।

-केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...