समाचारशनिबार, आषाढ ४, २०७३

एक महीनाभित्रै राष्ट्रिय सहमतिकाे सरकारःः दाहाल

हिमालखबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति बिना कुनै पनि निर्वाचन हुन नसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले संविधान कार्यान्वयन र मुलुकको निकासका लागि निर्वाचन आवश्यक रहेपनि त्यसको लागि राष्ट्रिय सहमति हुनुपर्ने बताए ।

उनले भने, “सरकारले ल्याएको संविधान कार्ययोजना सकारात्मक भएपनि त्यसका लागि राष्ट्रिय सहमति आवश्यक छ ।”
उनले प्रमुख प्रतिपक्षी र आन्दोलनरत दलहरुसँग गम्भीर छलफल तथा सहमतिको आवश्यकता रहेको बताए । दाहालले एक महीनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने पनि बताए ।

उनले भने, “दलहरुबीच कुराकानी भइरहेको छ । एक महीनाभित्रै राष्ट्रिय सहमतिको सरकार बन्ने संभावना छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>