समाचारशनिबार, आषाढ ४, २०७३

१५ साउनभित्रै कक्षा ११ मा भर्ना लिइसक्नुपर्ने

हिमालखबर

देशभरका उच्च माध्यमिक विद्यालयले आगामी १५ साउनभित्रै कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै १५ साउनभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र १६ साउनदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी भर्ना लिन परिषद्ले उमाविहरुलाई निर्देशन जारी गरेको हो ।

कक्षा ११ का विद्यार्थीले भदौ मसान्तसम्म विद्यार्थीको रजिस्ट्रेसन आवेदन बुझाइसक्नुपर्ने गरी शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>