थप समाचारशनिबार, आषाढ ४, २०७३
पार्टी नेतृत्वसँग पद भागबन्डा नगर्न नेवि संघका नेताहरुको माग
नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनमा विद्यार्थीलाई स्वच्छ र स्वस्थ रुपमा प्रतिस्पर्धाको वातावरण बनाउन पार्टी नेतृत्वसँग माग गरिएको छ ।
संघले आयोजना गरेको अन्तरक्रियामा अध्यक्षको पदका लागि उम्मेदवारी घोषणा गरेका उम्मेदवारले पार्टीका केन्द्रीय नेताले भागबन्डा मिलाएर अधिवेशन गर्न खोजे ठूलो दुर्घटना हुने चिन्ता व्यक्त गरे ।
अहिलेसम्म पार्टीको लविङको नेतृत्व मात्रै भएकाले नेवि संघको उम्मेदवार कोही पनि हुन नसकेको सहभागी नेताको भनाइ थियो ।
विभिन्न ११ जिल्लामा अझै पनि सङ्गठनको अधिवेशन हुन नसकेको र अन्य तयारी नभएको अवस्थामा २३ साउनका लागि तय भएको संघको अधिवेशन हुनेमा विद्यार्थी नेताले आशङ्का व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>