समाचारआइतबार, आषाढ ५, २०७३

मानव बेचबिखनको आरोपमा सिंह पक्राउ

हिमालखबर

मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका–४ का ४७ वर्षीय यसवन्त सिंहलाई पक्राउ गरेको छ ।

सिंहले ३ फागुन २०७१ मा सप्तरीको बथनाहाकी एक महिलालाई भारतको दरभङ्गा लगेर बेचबिखन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२५ फागुन २०७१ मा यादवका परिवारले जिल्ला प्रहरी कार्यालय र पुनरावेदन अदालत राजविराजमा दिएको जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका सिंहविरुद्ध थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनी नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व गजेन्द्रनारायण सिंहका भतिजा हुन् ।

पक्राउ परेका सिंहविरुद्ध केही महिना अगाडि सप्तरीका पत्रकार विष्णुकुमार मण्डलको घरको पर्खाल जबर्जस्ती भत्काएको आरोपसमेत रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>