Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पक्राउ परेका ३६ जना डाक्टरलाई अदालत लगियो (नामावली सहित) - Himalkhabar.com

समाचारआइतबार, आषाढ ५, २०७३

पक्राउ परेका ३६ जना डाक्टरलाई अदालत लगियो (नामावली सहित)

हिमालखबर

पछिल्लो तीन दिनमा पक्राउ परेका ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ  ।

काठमाडौंस्थित कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठसहित ३६ जनालाई अनुसन्धानका लागि थुनामा राख्ने म्याद थपको अनुमति लिन अदालत लैजाने तयारी गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

उनीहरुलाई नक्कली प्रमाणपत्र पेश गरी विभिन्न तहमा मेडिकल शिक्षा लिएको भन्ने अभियोग लागेको छ ।

नक्कली प्रमाणपत्रधारी डाक्टरबारे गुनासा ब्यापकरुपमा आएपछि छानविन अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीले ३ असारमा मात्रै वीरगञ्ज, चितवन र विराटनगरबाट १५ जना डाक्टरलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

यसअघि नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका डाक्टरलाई अदालत पेश गर्नुअघि पत्रकार सम्मेलन गरेको सीआइबीले यसपटक भने सोझै अदालत लैजान लागेको हो ।

quack-1

quack-2

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>