समाचारआइतबार, आषाढ ५, २०७३

संविधान लागू गर्न १३८ नयाँ ऐन आवश्यक

हिमालखबर

कानूनमन्त्री अग्नि खरेलले नयाँ संविधानलाई कार्यान्वयनमा ल्याउन हालै मन्त्रिपरिषदद्वारा पारित कार्ययोजनाबारे आज बसेको व्यवस्थापिका–संसदको बैठकलाई जानकारी गराएका छन् ।

उनले संविधान कार्यान्वयनका लागि ३१५ वटा ऐनमा संशोधन आवश्यक भएकोमा १९३ वटा संशोधन प्रस्ताव सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको र अहिलेसम्म १४ विधेयक पारित भई लागू समेत भइसकेको जानकारी दिए ।

संविधान कार्यान्वयन गर्न नयाँ १३८ वटा ऐन समेत निर्माण गर्नुपर्ने उनले बताए ।

“संविधान कार्यान्वयन गर्ने दायित्व सबैको हो, यसमा सहयोग गर्न म सबैसँग आग्रह गर्दछु, ” मन्त्री खरेलले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>