थप समाचारआइतबार, आषाढ ५, २०७३

भेरी नदीमा बस खस्दा एकको मृत्यु

हिमालखबर

सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बिहान ६ बजे सुर्खेतको धारापानीबाट सल्लीबजार जाँदै गरेको उक्त ना ४ ख ५९४४ नंको बस भेरी नदीमा खसेको थियो । दुर्घटनामा बसधनी रामबहादुर खड्काको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा कोहलपुरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक मिलन रावत र सहचालक उमेशजङ्ग शाह घाइते भएका छन् । बस सडकबाट झन्डै २०० मि तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...