समाचारआइतबार, आषाढ ५, २०७३
सुनुवाइ समितिको पहिलो बैठक सोमवार
संसदीय सुनुवाइ समितिको पहिलो बैठक सोमवार, ६ असार विहान सभामुखको कक्षमा बस्ने भएको छ ।
“मैले समितिको पहिलो बैठक सोमबार बिहान ८ बजे मेरो चेम्बरमा बोलाएको छु, यसपछि समितिले आफ्ना कार्यविधि निर्माण लगायतका काम गर्दै अगाडि बढ्ने छ”, सभामुख ओनसरी घर्तीले भने ।
नयाँ संविधान जारीपछि रुपान्तररित सदनले नौ महिनापछि संसद् नियमावली पारित गरेको थियो । व्यवस्थापिका–संसद् भवनमा सञ्चारकर्मीसित कुरा गर्दै सभामुख घर्तीले नियमावली पारितसँगै सदनका काम कारबाही अझ व्यवस्थित ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।
नियमावली पारित गर्नाका लागि राजनीतिक दलले प्रदर्शन गर्नुभएको जिम्मेवारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दलका बीचमा यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गरिन् ।
संसद् नियमावलीमा विशेष गरी सुनवाइ समितिमा कति सदस्य रहने भन्ने विषयमा दलबीच मुख्य रुपमा विवाद थियो । सत्तारुढ दल १५ र प्रमुख प्रतिपक्षी दल ७५ सदस्यीय हुनुपर्ने अडानमा रहे पनि दलबीच १५ सदस्यीय समिति बनाउने सहमति भएको थियो ।
अब मन्त्रिपरिषद्ले विभिन्न देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूत र न्यायाधीशको सुनवाइ गर्न मार्गप्रशस्त भएको छ । सुनवाइ समिति १५ सदस्यीय हुने, सिफारिसलाई दुई तिहाइले अस्वीकार गर्न सक्ने कुरालाई बहुमतले पारित गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
