समाचारसोमबार, आषाढ ६, २०७३

काबुलमा भएको आत्मघाती बम हमलामा १४ नेपालीको मृत्यु

हिमालखबर

तस्वीरः रोयटर्स

तस्वीरः रोयटर्स

अफगानिस्तानको राजधानी काबुलमा ६ असार बिहान करीब पौने ६ बजे भएको बम हमलामा १४ नेपालीको मृत्यु भएको छ ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा मृतकका परिवारजन र आफन्तप्रति समवेदना व्यक्त गर्दै लेखेको छ, ‘मिनिबस लक्षित गरी भएको आत्मघाती बम विस्फोटमा परी १४ जना नेपाली नागरिकको मृत्यु भएको छ ।’

घाइते भएका ९ जनामा ५ नेपाली र ४ अफगानी नागरिक छन् ।

काबुलको पिडी ९ को बनाए क्षेत्रमा रहेको विदेशी कम्पनीमा कार्यरत कर्मचारीहरु चढेको मिनिबसलाई निशाना बनाएर बम आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>