समाचारसोमबार, आषाढ ६, २०७३

मधेशकेन्द्रित दलद्वारा सदन बहिष्कार

हिमालखबर

मधेश केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् ।

सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको शुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए ।

सांसद कर्णले सभामुखमार्फत संविधान संशोधनसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न ठूला पार्टी एक ठाउँमा बसेर संविधान संशोधन गर्न तयार हुनुपर्ने र आन्दोलनरत दललाई सहमति ल्याएर समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताउँदै मधेश केन्द्रित दलहरुले बैठक बहिष्कार गरेको जानकारी गराए ।

यथावस्थामा संविधान कार्यान्वयन गर्न नदिने बताउँदै उनले मधेश आन्दोलनमा पाँच दर्जनको मृत्यु भए पनि सरकार माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>