समाचारसोमबार, आषाढ ६, २०७३

कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन

हिमालखबर

संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदलमा अनिताकुमारी परियार, गणेशमान गुरुङ र बालकृष्ण खाँण छन् । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा आज, ६ असारमा बसेको समितिको पहिलो बैठकले कार्यदल गठन गर्ने र समितिको सभापतिको निर्वाचनको मिति तोक्न सभामुखलाई अनुरोध गर्नेसमेत निर्णय गरेको थियो ।

आइतबार व्यवस्थापिका–संसद्बाट पारित संसद् नियमावलीको नियम १८० को प्रावधानबमोजिम सभामुखबाट समितिको सभापतिको निर्वाचनका लागि मिति तोक्ने प्रावधान छ ।

करिब नौ महिनाको अथक प्रयासपछि पारित उक्त नियमावलीअन्तर्गत गठित समितिमा १५ जना सदस्य छन् । समितिमा रहने सदस्य सङ्ख्यामा दलहरुका बीच लामो विवाद रहेको थियो ।

समितिका सदस्यहरुमा अनिताकुमारी परियार, अष्टलक्ष्मी शाक्य, आनन्दप्रसाद ढुङ्गाना, कुलबहादुर गुरुङ, गणेशमान गुरुङ, चीनकाजी श्रेष्ठ, चित्रलेखा यादव, धर्मनाथप्रसाद साह, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, भानुभक्त ढकाल, योगेन्द्र चौधरी, हितराज पाण्डे, सयेन्द्र वान्तवा छन् । एक जना मनोनयन हुन बाँकी छ ।

समितिको सभापतिको चयन र कार्यविधि बनेपछि लामो समयदेखि सरकारले नियुक्तिका लागि सिफारिस गरेका न्यायाधीश, राजदूत तथा निर्वाचन आयोगका प्रमुख आयुक्तको सुनुवाइ गर्न मार्गप्रशस्त हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>