खेलकुदसोमबार, आषाढ ६, २०७३

बाउट जिते निशालाई रु एक लाख

हिमालखबर

Nisha-Rawal-Nepal-530x358ब्राजिलमा हुने ३१औँ ग्रीष्मकालीन ओलम्पिकका लागि वाइल्डकार्डमार्फत छनोट भएकी तेक्वान्दो खेलाडी निशा रावलका लागि चलचित्र ‘रिलेसन’ले पुरस्कारको घोषणा गरेको छ ।

चिलचित्रका नायक तथा निर्माता ग्रान्डमास्टर दिवाकर डान महर्जनले निशाले ओलम्पिकमा एक बाउट जितेको खण्डमा रु एक लाख प्रोत्साहनस्वरुप ‘रिलेसन’ चलचत्रिका तर्फबाट प्रदान गर्ने घोषणा गरेका छन् । प्रत्येक बाउट जित्दा रु एक लाख थपिँदै जाने छ ।

“तेक्वान्दोमार्फत समाजमा परिवर्तन गराएको सन्देश दिएको फिल्म रिलिज हुनेबेला निशालाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिलोस भनेर पुरस्कार दिने घोषणा गरेका हौँ,” महर्जनले भने ।

तेक्वान्दोसम्वन्धी चलचित्र रिलेसन अमेरिकाको पोर्टल्यान्डको हलिउड थिएटरमा प्रदर्शन भइसकेको छ भने १० असारबाट नेपालमा प्रदर्शन गर्ने तयारी भइरहेको छ । “खेलकुदकर्मी भएका नाताले खेलाडीको प्रोत्साहन गर्नु हाम्रो कर्तव्य हो,” उनले भने ।

महर्जनले नै स्थापना गरेको ‘मैत्री तेक्वान्दो डोजाङ’की उत्पादन हुन् निशा । यसअघि मैत्री तेक्वान्दो डोजाङले निशालाई ओलम्पिकसम्म यात्रा गरेको भन्दै सम्मान गरेको थियो ।

निशाले २०१६ को अगष्ट ५ देखि २१ तारिखसम्म आयोजना हुने रियो ओलम्पिकमा ६७ किलोमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै छन् । उनी अहिले ओलम्पिकको विशेष तयारीका लागि दक्षिण कोरियामा छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>