अर्थ/बजारसोमबार, आषाढ ६, २०७३
स्कोमाण्डी स्कुटर नेपालमा
आभास इन्टरनेशनलले बेलायतको स्कोमाण्डी ब्राण्डको स्कुटर नेपाल भित्र्याएको छ ।
‘क्लासिक’ र ‘ट्रेन्डी’ उक्त स्कुटर विभिन्न ७ रङ र स्टाइलमा उपलब्ध रहेको आभास इन्टरनेशनलले जनाएको छ ।
हेर्दा आकर्षक यो स्कुटर १२६ सीसी इन्जिन र ११ लिटर इन्धन क्षमताको छ । स्कोमान्डीको मुख्य कार्यालय काठमाडौंको महाराजगञ्जमा छ भने पोखरामा पनि हालै एउटा ‘आउटलेट’ खोलिएको छ ।
देशका विभिन्न शहरमा छिट्टै आउटलेट र सर्भिस सेन्टर खोल्ने लक्ष्य भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
किस्ताबन्दीमा खरिद सुविधा समेत रहेको यो स्कुटर ग्राहकले मासिक रू. ५ हजार किस्ता तिरेर किन्न सक्नेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>