समाचारसोमबार, आषाढ ६, २०७३
पक्राउ डाक्टरलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
चिकित्साशास्त्र पढ्नका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ परेका १० जना डाक्टरलाई तीन दिनभित्र अदालत उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
पक्राउ परेका १० जना डाक्टरका परिवारका तर्फबाट जाहेर भएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले लिखित जवाफसहित बन्दीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभिन्न जिल्लाबाट ३६ डाक्टरलाई चिकित्साशास्त्र अध्ययन गर्न नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्येका निमेषपाल रमण, पन्नालालप्रसाद पटेल, बिनिता मंडल, पुनम कर्ण, ईर्शादुल हक, श्रीराम घिमिरे, रामकुमार प्रधान, सन्तोषकुमार झा, महमद रुहुल्लाह र सरोजकुमार सिंहका परिवारजनले सर्वोच्च अदालतमा ५ असारमा बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका थिए ।
३ असारमा प्रहरीले पक्राउ गरेका ती डाक्टरलाई काठमाडौं जिल्ला अदालतले ५ असारमा पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
