Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
६ महिलालाई जबरजस्ती करणीपछि हत्याका अभियुक्त २० वर्षपछि पक्राउ - Himalkhabar.com

थप समाचारसोमबार, आषाढ ६, २०७३

६ महिलालाई जबरजस्ती करणीपछि हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

हिमालखबर

६ जना महिलालाई जबरजस्ती करणीपछि हत्या गरेको आरोप लागेका एक अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

बाराको डुमरवाना–६ खोरगाउँ घरभई भारतको नोयडामा लुकिछिपी बस्दै आएका ५० वर्षीय प्रेम भनिने मानबहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

बुढाथोकीमाथि महोत्तरी बर्दिबासकी २० वर्षीया अशक्त युवतीलाई नजिकैको जंगलमा ९ असार २०५९ मा जबरजस्ती करणी गरी पछ्यौराले पासो लगाई हत्या गरेको आरोप छ ।

त्यसैगरी २४ फागुन २०५२ मा धनुषा बेगाडाबरमा माइतिबाट आउँदै गरेकी एक महिलालाई जबरजस्ती करणी पछि घाँटी थिची हत्या गरेको, २३ चैत २०५२ मा धनुषाको ढल्केवरदेखि उत्तर दमार जंगलमा १७ वर्षीया स्थानीय किशोरीलाई जबरजस्तीको करणीको मनसायले लैजाँदै गरेको तर अरु मानिसले बोलेको जस्तो सुनेर करणी गर्न नसकी हत्या गरेको पनि अभियोग लागेको छ ।

प्रहरीले ‘सिरियल किलर’ भनेका उक्त अभियुक्तमाथि ६ जेठ २०५३ मा धनुषाको जिल्लाको ढल्केबरदेखि पूर्वको जंगलमा बाख्रा चराउँदै गरेकी ६० वर्षीया महिलालाई घाँटी थिची हत्या गरेको आरोप छ ।

प्रहरीका अनुसार उनले २०५३ कै असार अन्त्य तिर बर्दिबासबाट पश्चिम जंगलमा पात टिप्न जान लागेकी करिब २५ वर्षकी महिलालाई ढुंगामा टाउको ठोक्काएर हत्या गरेको, साउन २०५३ मा धनुषाको लालगढ बजार नजिक जंगलमा बाख्रा चराई रहेकी महिलालाई जबर्जस्ती करणीपछि हत्या गरेको, ९ असार २०५३ मा बर्दिबासभन्दा पश्चिमको जंगलमा शारीरिक रुपमा अशक्त २० वर्षीया किशोरीलाई करणी गर्न लाग्दा मान्छे आउने डरले घाँटी थिची हत्या गरेको लगायतका आरोप लागेको छ ।

अभियुक्त बुढाथोकीले यस्तै प्रकृतिका अन्य ३२ वटा घटना गराई फरार भएको स्वीकार गरेकाले थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>