समाचारसोमबार, आषाढ ६, २०७३
बेलडाँगी बजारमा आगलागी
पश्चिम झापाको दमक– ५, बेलडाँगी बजारमा आगलागी भएको छ । बेलडाँगीस्थित भुटानी शरणार्थी शिबिर नजिकैको बजारमा राति ८ बजेदेखि लागेको आगो १०:३० बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।
आगलागीबाट कम्तिमा एक दर्जन घर र पसलहरु नष्ट भइसकेका छन् । आगो दन्किरहेका कतिपय घर र पसलहरुमा ग्यास सिलिण्डर समेत पड्किरहेकाले आगो नियन्त्रणमा आउन सकेको छैन ।
फैलिरहेको आगोलाई निभाउने दमक नगरपालिकाबाट गएको एक दमकल, प्रहरी र स्थानीयको प्रयास सफल भइरहेको छैन ।
उद्दारमा खटिएका स्थानीयले थप मद्दतका लागि अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
