समाचारसोमबार, आषाढ ६, २०७३
काबुलमा बम बिस्फोटमा मृत्यु भएका बाह्र नेपालीको पहिचान
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोटको घटनामा परी मारिएका १२ नेपालीको पहिचान खुलेको छ ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार घटनामा परी अहिलेसम्म मृत्यु हुने १२ नेपालीको पुष्टि भएको र अन्य दुई नेपाली हुन् या विदेशी भन्ने यकिन विवरण आउन सकेको छैन ।
मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले काबुल घटनामा मृत्यु भएका १२ नेपालीको पहिचान खुलेको जानकारी दिए।
घटनामा परी मुत्यु हुनेमा
सुनसरीका अकुल तामाङ,
काठमाडौँका क्रमशः चन्द्रबहादुर रानामगर,
हरिबहादुर बडवाल क्षेत्री र
विदुरबहादुर सुवेदी क्षेत्री,
नुवाकोटका डम्बरबहादुर तामाङ,
मधुसुदन कोइराला र लिलबहादुर गुरुङ,
लमजुङका अमृतबहादुर थापा,
स्याङ्जाका सुपबहादुर गुरुङ,
पर्वतका नवीनसिंह क्षेत्री,
चितवनका कृष्णबहादुर ढुङ्गाना र
बुटवलका जितेन्द्रसिंह थापा छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>