Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे - Himalkhabar.com

समाचारमंगलबार, आषाढ ७, २०७३

पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे

हिमालखबर

एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन्। दुई महिनामा २२ जनाले राजीनामा दिएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोमा एयरका को-पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो। आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए।

अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरिसकेको छ। कार्की पक्राउ परेपछि पाइलटहरुले राजीनामा दिन थालेको सीआईबीका निर्देशक डीआईजी नवराज सिलवालले बताए।

चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेजस्तै पाइलट पेसामा पनि त्यस्तै प्रवृत्ति देखिएको थियो। एकजना पक्राउ परेपछि अरुले धमाधम राजीनामा दिएका हुन्।

डीआइजी सिलवालले नक्कली प्रमाणपत्रधारी पाइलटहरुमाथि पनि अनुसन्धान भइरहेको बताए। पाइलट मात्र नभई कतिपय चिकित्सकसमेत जागिर छाडेर विदेश जान थालेको स्रोत बताउँछ।

हालसम्म सीआईबीले करिब एक हजार पाँच सय चिकित्सकको शैक्षिक प्रमाणपत्र आधिकारीकता जाँच गरेकोमा करिब एक सय ५० जनाको आइएस्सीको प्रमाणपत्र नक्कली भएको पुष्टी भइसकेको छ।

जसमध्ये ५३ जना पक्राउ परिसकेका छन्। शुक्रवारमात्रै सीआइबीले ३६ जनालाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ।

–नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>