समाचारमंगलबार, आषाढ ७, २०७३
संविधान पुनर्लेखनको कुरा सुन्न पनि सकिदैनः सञ्चारमन्त्री राई
नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान पुनर्लेखनको कुरा सुन्न पनि नसकिने बताएका छन् ।
प्रेस चौतारी नेपाल मोरङले गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री राईले देशलाई असफल बनाउन चाहनेहरुले पुनर्लेखनको कुरा उठाएको बताए । उनले भने, “देश असफल बनाउनेगरी संविधान पुनर्लेखनको कुरा सुन्न पनि सकिदैन ।”
मधेशी मोर्चाले ७ बुँदेमा संविधान पुनर्लेखनको माग उठाएर देश असफल बनाउने नियत देखाएको सञ्चारमन्त्री राईले बताए । “प्रधानमन्त्रीले पठाएको पत्र बुझ्ने तर नपाएको भनेर जनतालाई मोर्चाले भ्रम छर्न खोजिरहेको छ”, उनले भने ।
तेस्रो पटकको पत्र भर्पाइ गरेर दिएपछि मात्रै मोर्चा बार्ताका लागि तयार भएपछि अनौपचारिक छलफल शुरु भएको उनले बताए । आन्दोलनमा घाइते भएकाहरुको उपचार र मृतक परिवारलाई राहतको नाममा मोर्चा ठूलो अंकमा पैसा बुझिसकेको राईले बताए ।
प्रवक्ता राईले नेपाली कांग्रेस र मोर्चालाई संविधान कार्यान्वयनका लागि बिना हिच्किचाहट तयार हुन आग्रह गरे ।
-कमल रिमाल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
