समाचारमंगलबार, आषाढ ७, २०७३

तमलोपाको महाधिवेशनः बन्द सत्र सुरु

हिमालखबर

तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सुरु भएको छ ।

बन्दसत्रमा पार्टीको विधान संशोधन, पार्टीको नयाँ दस्तावेज, मधेश आन्दोलनको समीक्षा र भावी योजनाका साथै पार्टीको सङ्गठनात्मक संरचना विषयमा छलफल हुने आयोजक जिल्ला नवलपरासी तमलोपाका उपाध्यक्ष पुरन चौधरीले बताए ।

महाधिवेशनको बन्दसत्र सदरमुकाम परासीस्थित आदर्श उमाविको प्राङ्गणमा जारी छ । आज दिनभरिमा पार्टीको विधान र राजनीतिक दस्तावेज पारित भएपछि ८ असार बिहानदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ ।

यस पटकको पार्टीको निर्वाचन अन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोत जनाएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्तावेज पारित गरिने बताइएको छ ।

महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् । विशेष गरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोका रुपमा हेरिएको छ । महाधिवेशनका कारण जिल्लामा शान्ति सुरक्षा समेत कडा बनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>