समाचारमंगलबार, आषाढ ७, २०७३
अर्का डाक्टर लमजुङबाट पक्राउ
नक्कली प्रमाणपत्र पेश गरी चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा प्रहरीले लमजुङबाट एक डाक्टरलाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्वी लमजुङको राइनास–३, धमिलिकुवा गरमबेसीस्थित सहोदर अस्पताल प्रालिका सञ्चालक ३८ वर्षीय शिवराम श्रीमललाई प्रक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक कमल बहादुर रजौरेले पक्राउ पूर्जी देखाएपछि शिवराम सहजै प्रहरीसँगै आएको र उनलाई काठमाडौं पठाइएको बताए ।
शिवरामले बीर अस्पतालबाट एमडी, काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस र भारत बिहारको जेपीएल कलेजबाट आईएस्सी उत्तिर्ण गरेको बताएको निरीक्षक रजौरेले जानकारी दिए ।
सीआइबीले उनको आइएस्सीको प्रमाणपत्र नक्कली हुनसक्ने भन्दै थप अनुसन्धानका लागि पक्राउ गरेको हो ।
प्रहरीले यसअघि ३ असारमा मात्रै ३६ जना डाक्टरलाई पक्राउ गरेको थियो ।
युवराज श्रेष्ठ, लमजुङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>