रमझमबुधबार, आषाढ ८, २०७३
‘दुर्घटना’ का गायक
२०६० सालमा सरकार–माओवादी दोस्रो चरणको वार्ता भंग भएपछि रोल्पामा भीडन्त भयो। सैनिक जवान औजीको खुट्टामा गोली लाग्यो। घाइते उनी पहिलेजस्तो बन्दूकसँग खेल्न नसक्ने भए। “त्यही गोलीले मलाई गायक बनायो”, औजी भन्छन्।
अहिले ‘ए मैना काफल पाक्या न्याउली बसन्ना’ भन्दै सुदूरपश्चिम घन्काइरहेका महेशकुमार औजी (३५) का गीत नसुन्ने देउडाप्रेमी शायदै भेटिएलान्। तर, उनी गायक बन्नु रहर नभई दुर्घटनाको परिणति हो भन्ने कमैलाई थाहा छ।
२०६० सालमा सरकार–माओवादी दोस्रो चरणको वार्ता भंग भएपछि रोल्पामा भीडन्त भयो। सैनिक जवान औजीको खुट्टामा गोली लाग्यो। घाइते उनी पहिलेजस्तो बन्दूकसँग खेल्न नसक्ने भए। “त्यही गोलीले मलाई गायक बनायो”, औजी भन्छन्।
संगीतप्रति औजीको लगाव भने सैन्य पेशाभन्दा पुरानो हो। बैतडीको रोडीदेवल–९ बिजुलमा जन्मिएका उनले स्कूल पढुञ्जेल स्कूलमै गीत गाए। भारतको पिथौरागढमा आईएस्सी पढ्दा पनि देउडा गीत लेख्ने र गुन्गुनाउने क्रम रोकिएन।
तर, कमजोर आर्थिक अवस्थाका औजीले गीत गाएरै परिवार पाल्ने आँट गर्न सकेनन्। साथीहरूले उनलाई भारतीय सेनामा भर्ना हुन सल्लाह दिए। भारतीय सैनिकका लागि आवेदन दिइसकेपछि भने उनलाई एकाएक लाग्यो, ‘आर्मी बन्नु नै छ त नेपालकै बनुँ।’
रोल्पा दुर्घटनापछि बैसाखीको सहारामा संगीत यात्रा थालेका औजीले २०६१ सालमा आफ्नै स्वर, संगीत र रचनामा ‘परदेशीको सम्झना’ नामक पहिलो अल्बम निकाले।
झोलामा अल्बम बोकेर गाउँ–गाउँ बिक्री गर्दै हिंडेका उनले रु.३० हजार जम्मा पारे। “गीत गाउने मान्छे मै हुँ भन्ने थाहै नदिई अल्बम बेच्थें”, उनी सम्झिन्छन्।
-बच्चु बिक
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
