थप समाचारबुधबार, आषाढ ८, २०७३

‘डी र ई ल्याउनेले पनि प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था हुन्छ’

हिमालखबर

girirajशिक्षामन्त्री गिरिराजमणि पोखरेलले यो बर्षको एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउनेले पनि प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था मिलाइने बताएका छन् ।

मकवानपुरस्थित जनकल्याण उच्च माविमा शुरु गरिएको बाली विज्ञानतर्फको उद्घाटन अध्ययन् कक्षा उद्घाटन गर्न पु

गेका शिक्षामन्त्री पोखरेलले डी र ई ल्याउनेलाई पनि प्राविधिक शिक्षा पढ्न दिने व्यवस्थाबारे गृहकार्य भइरहेको बताए । उनले भने, “प्रमाणपत्रधारी शिक्षालाई शीपसँग जोड्न प्राविधिक शिक्षामा सरकारले जोड दिइरहेको छ ।”

मन्त्री पोखरेलले रुपचन्द्र बिष्टले स्थापना गरेको विद्यालयमा बिष्टकै सपनाअनुसार प्राविधिक शिक्षा शुरु गरिएको बताए ।

-सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...