समाचारबुधबार, आषाढ ८, २०७३
तमलोपा महाधिवेशनः संविधान संशाेधनबाट माग सम्बाेधन
नवलपरासीमा जारी तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को पहिलो राष्ट्रिय महाधिवेशनले मधेशमा २ सहित ७ प्रदेशको संघीयता हुनुपर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने भएको छ ।
तीनदिनदेखि जारी महाधिवेशनले तराई–मधेशमा देखिएको समस्या संविधान संशोधनमार्फत् टुंग्याउन प्रमुख तीन दलले जिम्मेवारी लिनुपर्ने उल्लेख गरेको छ । केन्द्रीय सदस्य विकेशकुमार मिश्राले भने, “मधेशको समस्या समाधान संविधान संशोधनमार्फत् हुनुपर्ने राजनीतिक प्रतिवेदन पारित हुँदैछ ।”
पार्टीको विधान र राजनीतिक दस्तावेज पारित भएपछि आज दिउँसोदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी तमलोपाले जनाएको छ ।
महाधिवेशनमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव ३, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी ३३ सदस्यीय कमिटी र १६ वटा आरक्षण सदस्यको समेत निर्वाचन हुँदैछ ।
यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने छन्। महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
