समाचारबुधबार, आषाढ ८, २०७३
काबुलबाट १२ शवसहित २४ कामदार नेपाल ल्याइयाे
अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको शवसहित २४ कामदार लिएर विशेष विमान नेपाल ल्याइएकाे छ ।
शव ल्याउँन विहान ६ बजे काठमाडौंबाट गएकाे विशेष विमानले शवसहित अन्य कामदाहरु ल्याएकाे प्रधानमन्त्रीका प्रेस संयाेजक चेतन अधिकारीले बताए ।
शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
आक्रमणबाट घाइते भएका पाँच जनालाई भने उपचारका लागि दिल्ली पठाइएको छ । प्रेमबहादुर क्षेत्री, छेतप्रसाद शेरचन, कुमारबहादुर गुरुङ, कृष्णकुमार देउजा र अमृत रोकाया क्षेत्रीलाई उपचारका लागि दिल्ली पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
