थप समाचारबुधबार, आषाढ ८, २०७३

देउवाद्वारा संसदीय दलमा थप पाँच जना मनोनीत

हिमालखबर

नेपाली कांग्रेस संसदीय दलले पूर्णताः पाएको छ ।

पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा थप पाँच जना सांसदलाई सदस्यको रुपमा मनोनयन गरेपछि कार्यसमितिले पूर्णता पाएको हो ।

पदेन सदस्यसहित कांग्रेसको संसदीय दल ३५ सदस्यीय हुने विधानमा व्यवस्था छ ।

दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७२० को धारा ११ को उपधारा २ ९ङ० बमोजिम देहाय उनीहरुलाई सभापति देउवाले मनोनयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले बताए ।

जोशीका अनुसार कैलाली क्षेत्र नं ५ का दीर्घराज भाट, सङ्खुवासभा क्षेत्र नं १ का तारामान गुरुङ, बर्दिया क्षेत्र नं २ का सञ्जयकुमार गौतम, काभ्रेपलाञ्चोक क्षेत्र नं ३ का कञ्चनचन्द्र वादे र बझाङकी चन्द्रादेवी जोशी मनोनीत भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...