समाचारबिहीबार, आषाढ ९, २०७३
तमलोपाको अध्यक्षमा ठाकुर निर्विरोध
तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को पहिलो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः महन्थ ठाकुर चयन भएका छन् ।
यद्यपि, यसको औपचारिक घोषणा हुन बाँकी छ । निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रियामा मनोनयन पत्र दर्ताको क्रममा अध्यक्ष पदमा ठाकुरको मात्र उम्मेदवारी दर्ता भएपछि आगामी नेतृत्व लिन ठाकुर एकल दावेदार भएका हुन् ।
पदाधिकारीतर्फ अहिलेसम्म अध्यक्ष ठाकुरसहित वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी, उपाध्यक्षमा वृजेशचन्द्र लाल निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
