समाचारबिहीबार, आषाढ ९, २०७३
एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतिः ज्ञवाली
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।
पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले संविधानको सफल कार्यान्वयन र आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम कार्यान्वयन गर्न एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताए।
उनले भने, “तीन वटै चुनाव एमाले नेतृत्वको सरकारले गराउँछ ।” उनले एमाले नेतृत्वको सरकारले ल्याएको जनमुखी बजेट देखेर आमजनता खुशी हुने तर केही शक्तिहरू आत्तिने अवस्था आएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
