समाचारबिहीबार, आषाढ ९, २०७३
कांग्रेसद्वारा संसद अवरुद्ध, प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गरेको छ ।
भूकम्पपछिको पुनःनिर्माण प्रभावकारी नभएको भन्दै कांग्रेसले संसद् अवरोध गरेको छ । कांग्रेसले बैठक शुरु हुनासाथ प्रधानमन्त्रीको जवाफ माग्दै संसद् अवरुद्ध गरेको छ ।
पीडितका पक्षमा लगातार आवाज उठाउँदा समेत सरकारले वास्ता नगरेकाले संसद् अवरोध गरिएको सांसद् रामहरी खतिवडाले बताए । उनले भने, “प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् बैठक चल्न दिन्नौं ।”
कांग्रेसको अवरोधपछि सभामुख ओनसरी घर्तीले भोलि १० असार विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
