समाचारबिहीबार, आषाढ ९, २०७३
जसवन्त नियन्त्रणमा लिन विजुलीबजारमा प्रहरीले गाेली चलायाे
काठमाडौंमा गुन्डागर्दी गर्दै अाएका जसवन्त भनिने पूर्ण राईलाई प्रहरीले विजुलीबजारमा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
प्रक्राउ गर्न गएका प्रहरीमाथि नै आक्रमणको प्रयास भएपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । गोली लागेर घाइते भएका राईलाई उपचारका लागि बीरअस्पतालमा भर्ना गरिएको छ ।
होटल रेष्टुरेन्टबाट रकम असुली गर्दै आएका राई यसअघि पनि धेरै पटक पक्राउ परिसकेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
