समाचारबिहीबार, आषाढ ९, २०७३

तमलोपाको पदाधिकारी छान्ने जिम्मा अध्यक्षलाई

हिमालखबर

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को पहिलो महाधिवेशनका प्रतिनिधिले सर्वसम्मत नभएका पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चयन गर्ने अधिकार दिएका छन् ।

६ असादेखि नवलपरासीको परासीमा सुरु भएको महाधिबेशन ८ गते सकिने भनेपनि पदाधिकारी चयनमा समस्या देखिएपछि आजसम्म चलेको हो ।

“आज दिउँसोसम्म पदाधिकारी र केन्द्रीय सदस्य चयनमा समस्या देखिएपछि अध्यक्षलाई प्रतिनिधिहरुले पदाधिकारी छान्ने जिम्मा दिययौं”, तमलोपाका नेता शुभानअली अन्सारीले भने ।

महाधिवेशनले अध्यक्षमा महन्थ ठाकुर वरिष्ठ उपाध्यक्षमा हृदेयश त्रिपाठी, उपाध्यक्षमा बृखेसलाल कर्णलाई निर्विरोध निर्वाचित गरेको थियो । एक जना उपाध्यक्ष मनोनित अध्यक्षले गर्ने भनिएको थियो ।

दुई महामन्त्रीका लागि वृजेश गुप्ता चन्द्रादेवी चौधरी, जङ्गीलाल यादव, उमाकान्त झाले उम्मेदवारी दिएका थिए । दुई सहमहामन्त्रीका लागि राजेन्द्र साह, राजेश मिश्र, सलिम मिया अन्सारीसहित १० जनाको उम्मेवारी परेको छ र एकजना कोषाध्यक्षका लागि विमल श्रीवास्तव, कविन्द्र ठाकुरको गरी तीन जनाको उम्मेदवारी परेको छ ।

सदस्यहरु र पदाधिकारी गरी १२० जनाको उम्मेदवारी कायम भएको अवस्थामा अध्यक्ष ठाकुरलाई ७५ सदस्यीय केन्द्रीय समिति चयनको जिम्मा दिइएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>