समाचारबिहीबार, आषाढ ९, २०७३

संसदीय सुनुवाइ सुरु गरिने

हिमालखबर

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ ।

समितिको आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त एवम् राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

समितिका सभापति कुलबहादुर गुरुङले कुरा गर्दै प्रस्तावित न्यायाधीश एवम् राजदूतका सम्बन्धमा सार्वजनिक सूचना मार्फत उजुरी दिन आह्वान गर्ने निर्णय गरेको बताए ।

व्यवस्थापिका–संसद्को नियमावली पारित हुन लामो समय लागेका कारण संसदीय सुनुवाइको प्रक्रिया स्थगन हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>