Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
काबुलमा मारिएका थापाको हिन्दू र ईसाई परम्पराअनुसार अन्तिम संस्कार - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ ९, २०७३

काबुलमा मारिएका थापाको हिन्दू र ईसाई परम्पराअनुसार अन्तिम संस्कार

हिमालखबर

–दीपक ज्ञवाली, बुटवल

butwal

अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका बुटवलका जितेन्द्रसिंह थापाको हिन्दू र ईसाई परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

थापाका दुई श्रीमतीले आ–आफ्नै धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरेकी हुन् । कान्छी श्रीमती सञ्जिता लामाले हिन्दू धर्मअनुसार शवमा अर्घ र फूल चढाएपछि जेठी श्रीमती गौतमी थापालाई जिम्मा दिएकी थिइन् ।

DSC_4056त्यसपछि गौतमीले चरंगेस्थित ईसाई दाहसंस्कार स्थलमा पास्टरहरुको उपस्थितिमा ईसाई पाठअनुसार शवलाई पुरिन् । हिन्दू र ईसाई धर्मअनुसार भएको अन्तिम संस्कारमा दुवै श्रीमती सहभागी थिइन् ।

थापाकी जेठी श्रीमती बुटवलमा बस्छिन् भने दुई बर्षअघि विवाह गरेकी कान्छी चार महीनाको छोरासहित काठमाडौंमा बस्छिन् ।

थापाको १३ नेपालीसहित काबुलमा मृत्यु भएपछि विशेष विमानबाट ८ असारमा नेपाल ल्याएपछि आज अन्तिम संस्कार गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>