समाचारशुक्रबार, आषाढ १०, २०७३
अफगानिस्तानसहित ४ देश प्रतिबन्धित
सरकारले अफगानिस्तानसहित ४ देश असुरक्षित रहेको भन्दै वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाएको छ ।
९ असारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तान, इराक, सिरिया र लिबिया जान रोक लगाएको सरकारका प्रबक्ता एवम् सञ्चारमन्त्री शेरधन राईले बताए । उनका अनुसार बैठकले अफगानिस्तानको काबुलमा मारिएकाको परिवारलाई १० लाखको दरले राहत उपलब्ध गराउने निर्णय समेत भएको छ ।
६ असारमा काबुलमा १३ नेपाली आत्मघाती आक्रमणमा परेर मारिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
