Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बेलायत इयुबाट अलग हुने निश्चित - Himalkhabar.com

समाचारशुक्रबार, आषाढ १०, २०७३

बेलायत इयुबाट अलग हुने निश्चित

हिमालखबर

ukयुरोपियन युनियन (इयु) मै बस्ने कि बाहिरिने भन्ने विषयमा भएको जनमतसंग्रहमा बेलायतीहरुले बाहिरिने पक्षमा मत जाहेर गरेका छन् । मतगणनाको अन्तिम परिणाममा इयुबाट बाहिरिने पक्षमा ५१.९ प्रतिशत (१७४१०७४२) ले मत जाहेर गरेका छन् भने इयुमै बस्नुपर्छ भन्नेको मत ४८.१ (१६१४१२४१) छ । लामो समयदेखि कायम विवादलाई छिनोफानो गर्न बेलायतमा हिजो जनमत संग्रह सम्पन्न भएको थियो।

इयुबाट अलग हुने खबर निश्चित हुँदै गएसँगै बेलायत र उसको अर्थतन्त्रको भविष्यका बारेमा विभिन्न आँकलन शुरु भएको छ । ‘अलग हुनुपर्छ’ भन्ने पक्षधरहरुले बेलायत पुनः स्वतन्त्र अर्थतन्त्रसहित झन् बलियो हुने दाबी गरिरहेका छन् भने ‘अलग हुनुहुँदैन’ भन्नेहरुले बेलायतको अर्थतन्त्रको दुःखद शुरुवात यहिँबाट हुने बताइरहेका छन् । उनीहरुले इयुबाट बेलायत अलग भएसँगै उसको अखण्डतामा समेत प्रश्न उठ्ने दाबी गरिरहेका छन्।

इयुसँग अलग हुने पक्षको विजय निश्चित हुँदै गएसँगै अमेरिकी डलरको तुलनामा बेलायती मुद्रा स्टर्लिङ पाउण्डको मूल्यमा भारी गिरावट आएको छ । यो गिरावट सन् १९८५ यताकै सबैभन्दा ठूलो हो । केही विश्लेषकहरुको भनाइमा इयुबाट अलग भएसँगै बेलायतको कुल गार्हस्थ उत्पादनमा २.२५ प्रतिशतको स्थायी ह्रास आउनेछ भने यसको प्रभाव रोजगारी, व्यापार, आप्रवासनदेखि युरोप र सिंगो विश्वमञ्चमा उसको अवस्थितिको स्तरमा गिरावट आउनेछ । युरोपियन युनियनसँगको ४३ वर्षदेखिको आवद्धता तोडिनुलाई बेलायतको इतिहासमा बिसौँ शताब्दीका दुई विश्वयुद्धपश्चात्को ‘टर्निङ प्वाइन्ट’को रुपमा लिइएको छ। (एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>