समाचारशुक्रबार, आषाढ १०, २०७३
सत्तारुढ र प्रमुख प्रतिपक्ष कांग्रेसका नेताहरुबीच वार्ता
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुसँग प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुबीच भेटबार्ता भएको छ ।
संसद् भवन नयाँबानेश्वरमा भएको बार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दलका नेताहरु र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए ।
संसद् बैठक सञ्चालनका लागि बसेकाे वार्तामा कांग्रेस सभापति देउवाले भूकम्प पीडितलाई दुई लाख नदिएसम्म अवराेध जारी राख्ने बताएपछि बिना निष्कर्ष बैठक टुंगिएकाे छ । सभामुख ओनसरी घर्तीको समेत सहभागिता रहेको बार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष बिजय गच्छदार, अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, कानूनमन्त्री अग्नी खरेल, कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना सहभागी थिए ।
१० असारको संसद् बैठक कांग्रेसले अवरुद्ध गर्दै प्रधानमन्त्री ओलीलाई बोल्न समेत नदिएपछि बार्ता बाेलाइएकाे थियाे । देउवा बाहिरिएपछि अहिले सत्तारुढ दलहरुकाे बैठक बसिरहेकाे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
