समाचारशुक्रबार, आषाढ १०, २०७३

बेलायतका प्रधानमन्त्री क्यामरनले पद त्याग्ने

हिमालखबर

160624073323_david_cameron_no_10_speech_640x360_afp_nocreditबेलायतका मतदाताले यूरोपेली संघ छाड्ने पक्षमा बहुमत दिएलगत्तै ईयूमै रहनुपर्ने पक्षधरका नेता प्रधानमन्त्री डेभिड क्यामरनले पद त्याग गर्ने घोषणा गरेका छन् ।

जनमत संग्रहको अन्तिम नतीजा घोषणापश्चात लन्डनस्थित प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रिट अगाडि एक सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरनले उक्त धारणा राखेका हुन्। तत्कालका लागि भने उनले नै सरकारको नेतृत्व गरिरहने छन्।

उनले जनमत संग्रहमा ईयूमै रहने पक्षमा मतदान गर्न नत्र देशले गम्भीर आर्थिक तथा सुरक्षा समस्या बेहोर्नुपर्ने बताउँदै आएका थिए।

बेलायत र वेल्सले ईयू छाड्ने पक्षमा दह्रो समर्थन जनाए भने लन्डन, स्कटल्याण्ड तथा उत्तरी आयरल्याण्डले रहिरहनुपर्ने पक्षमा बहुमत दिएका थिए।

मत परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री क्यामरनले अब आफुहरु बेलायतका जनताले गरेका निर्णय कार्यान्वयन गर्न सहयोगी हुने जनाए ।

–बीबीसीबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>