थप समाचारशुक्रबार, आषाढ १०, २०७३
ज्ञानेन्द्रलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्छः पहारी
युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले पूर्वराजा ज्ञानेन्द्रलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्ने बताएका छन् ।
युवा संघ बाँकेको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष पहारीले ज्ञानेन्द्रलाई दिएको सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन सरकारसँग माग गरे । उनले भने, “२०० बढी सुरक्षाकर्मी ज्ञानेन्द्रलाई दिइएको छ, जून अनावश्यक र राज्यलाई आर्थिक बोझ मात्रै हो ।”
पहारीले ज्ञानेन्द्रलाई कुनै असुरक्षा नभएकाले उनका लागि खटिएका सुरक्षाकर्मी अन्यत्र खटाउनुपर्ने बताए । उनले भने, “ज्ञानेन्द्रसँगै अन्य पूर्व विशिष्टका नाममा पाँच हजार सुरक्षाकर्मी खटाइएको छ, जसले अनावश्यक रुपमा राज्यको अर्वाै खर्च भइरहेको छ ।”
पहारीले सत्य निरुपन तथा मेलमिलाप आयोगका नाममा अपराधीलाई छुट दिने षडयन्त्र भइरहेको आरोप लगाए । पहारीले आयोगले अपराधीलाई छुटकारा दिए युवा संघले कार्बाही गर्ने चेतावनी समेत दिए ।