समाचारशनिबार, आषाढ ११, २०७३
नयाँ रूपमा आयो नेप्बे
सन् २००७ देखि सञ्चालित अनलाइन सपिङ साइट, नेप्बे डटकम अब नयाँ स्वरूपमा आउने भएको छ ।
११ असारमा आयोजित कार्यक्रममा नेप्बेको नयाँ झ्लक सार्वजनिक गरियो ।
“अनलाइनको रूपसँगै हाम्रो लक्ष्य पनि फेरिएको छ”, नेपबेका प्रमुख कार्यकारी निर्देशक राजाराम नेपाल भन्छन्, “अनलाइन सपिङ साइटबाट अब हामी प्राविधिक पूर्वाधार निर्माण संस्थामा परिणत हुँदैछौं ।”
‘स्टार्टअप शनिबार’ नाम दिई सुरु गरिएको नयाँ कार्याेजनाबाट नेपबेले पाँच वर्षमा एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।
“नेपबेको नयाँ भर्सनमा ८ वटा विशेषता थपिएका छन्”, नेपाल भन्छन्, “जसबाट बजारको ट्रेन्डदेखि नयाँ क्रेतालाई अनलाइन बजारमा भित्रिने उपाय, वेब मार्केटिङ, अनलाइन पेमेन्ट आदिबारे जानकारी पाइन्छ ।”
नेपालका अनुसार फेसबुक र गुगलसँग सहकार्य गरी नेपबेले सेल्स प्रमोसनमा विशेष ध्यान दिएको छ ।
प्रविधिका माध्यमबाट व्यापार र पर्यटनलाई माथि उठाउन आफूहरू लागि परेको उनी बताउँछन् । “पेमेन्टमा वेब रुपीको अवधारणा पनि हामी ल्याउँदैछौं”, उनी थप्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
