थप समाचारआइतबार, आषाढ १२, २०७३

हतियारसहित दुईजना पक्राउ

हिमालखबर

महोत्तरीको श्रीपुर–७ बाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

आज बिहान २ बजे प्रहरीको गस्ती टोलीले जाँच गर्ने क्रममा श्रीपुर–१, का ३२ वर्षीय वकिल साह र भारत सीतामढीका २८ वर्षीय अनवरु हकलाई हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

रातिको समयमा सम्सी–गौशाला सडकखण्डमा बसिरहेको अवस्थामा उनीहरुलाई शङ्काका आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने एक थान गोली, फलामको रड र चक्कु बरामद गरेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>