समाचारआइतबार, आषाढ १२, २०७३
बङ्गलादेशद्वारा भूकम्प पीडितलाई चामल सहयोग
भूकम्प पीडितका लागि बङ्गलादेश सरकारले १० हजार मेट्रिक टन चामल सहयोग गरेको छ ।
भारत बङ्गलादेश सीमा नाका फूलबारी बङ्गला बन्दमा बङ्गलादेश सरकार विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका निर्देशक मोहमद अनिसुर रोहमानले राहत सामग्री प्रदान गरे । उक्त चामल नेपालका तर्फबाट झापाका निमित्त प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई हस्तान्तरण गरिएको छ ।
एक वर्षअघि विनाशकारी भूकम्पबाट नेपालका धेरै नागरिक पीडित बनेको र भूकम्पपीडितले अझै पनि पर्याप्त राहत पाउन नसकिरहेको बेला बङ्गलादेश सरकाले पुनः खाद्य सामग्री सहयोग गरेको सापकोटाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
