समाचारआइतबार, आषाढ १२, २०७३
डा.केसीद्वारा फेरि आन्दोलन घोषणाः लोकमानसिंह कार्कीलाई महाअभियोगको माग
डा.गोबिन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ)का प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहित चार बुँदे माग राख्दै पुनः आन्दोलनको घोषणा गरेका छन् ।
काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदुअआका प्रमुख आयुक्त कार्कीलाई तत्काल संसद्ले महाअभियोगलगाउनुपर्ने उनले माग राखेका छन् ।
त्रिभि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा.केसीले कार्कीसँगै सम्बन्धीत आयुक्तहरुलाई समेत कार्बाही प्रक्रिया अघि बढाउन माग राखेका छन् ।
उनले २६ असारभित्र आफ्नो माग पूरा नभए अनशन शुरु गर्ने चेतावनी सरकारलाई दिएका छन् । डा.केसी मेडिकल माफियाकरण विरुद्ध लामो समयदेखि आन्दोलनरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
